दफा २०
स्वतन्त्रता र निष्पक्षता कायम गर्नु पर्ने स्वतन्त्रता र निष्पक्षता कायम गर्नु पर्ने
(१) आयोगले स्वतन्त्र र निष्पक्ष रुपले
आफ्नो काम सम्पादन गर्नु पर्नेछ ।
(२) आयोगले कसै प्रति झुकाब, मोलाहिजा वा वदनियत राखी काम गर्न हुँदैन ।
(३) आयोगले आफ्नो काम कारबाही गर्दा मानव अधिकार तथा न्यायका सर्वमान्य सिद्धान्तलाई पालना गर्नु पर्नेछ ।
(४) आयोगबाट छानविन तथा कारबाही गर्नु पर्ने व्यक्ति कुनै सदस्यको नातेदार भएमा वा कुनै कारोवारको सिलसिलामा निजस“ग प्रत्यक्षरुपमा सम्बन्धित भएमा सो सदस्यले त्यस्तो छानविन तथा कारबाहीमा संलग्न हुनु हुँदैन ।